काठमाडौं। नेपाली चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको इन्टरनेशनल फिल्म प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। हलिउडका फिल्मले गर्ने गरेको टेस्ट टिजर मिलन चाम्सले नेपाली चलचित्रको इतिहासमा शुरुवात गरेको हो।

यो टिजरमा समाबेश दुश्यहरु भने चलचित्रमा रहने छैन्। यदि कोही मर्न सँग डराउंदिन भन्छ भने कि ऊ झुठ बोल्दै छ कि त ऊ गोर्खाली (नेपाली) हो–फिल्ड “मार्शल शाम मानेस्का”को भनाइ समाबेश टिजर नव नायक रितेश चाम्सको स्क्रीन टेस्ट गर्नको लागि नेपालमा नै छायांकन गरिएको जानकारी निर्देशक मिलन चाम्सले दिएका छन्।

वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को कोरोनाको कहर शान्त भएपछि छायांकन शुरु हुने चलचित्रमा कलाकारको रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन्। हलिउड कलाकारको पनि अभिनय रहने चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन्।

५० प्रतिशत हलिउड प्राविधिक राखेर चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिने भएको छ। चलचित्रको लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने पनि निर्देशक चाम्सले बताएका छन्।

यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने यस चलचित्रको लागि एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ। लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन्। चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने तयारी रहेको छ।

https://www.youtube.com/watch?v=qbkIs6E60bU

प्रकाशन मिति–२०७७ साल जेठ १२ गते सोमवार ।