काठमाडौ। नेपालको महान हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठको जीवन संगीनी यशोदा सुवेदीको मंगलवार विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

६७ बर्षको उमेरमा सोमवार राति ११ बजे उपचारको क्रममा निधन भएकी यशोदाको अन्त्यस्तीमा सवैलाई हसाउने महान हाँस्य राजा मदनकृष्ण श्रेष्ठ डांको छाडेर रुदा आर्यघाटमा नरुने कोही भएन। मदनकृष्णलाई संझाउन उनको जोडी हरिवंश आचार्यलाई असाध्यै कठिन भएको थियो।

त्यो पल तथा त्यो क्षण मदनकृष्णलाई जति गाह्रो भएको थियो। त्यस्तै गाह्रो हरिवंश आचार्यलाई भएको थियो। हुन त मदनकृष्णभन्दा पत्नी वियोगको गंभीर पीडाको अनुभुति हरिवंशमा भएको कारण जसोतसो संझाउन हरिवंश सफल भएको थियो।

अर्कोतर्फ ममतामयी आमालाई अन्तिम विदाई गर्दा दागवती दिएका मदनकृष्णको सुपुत्र यमन श्रेष्ठले आँसु थाम्न नसक्दा रुमालले छोपेर डाको छाडेर रोएको त्यो पल सवैलाई हृदयविदारक थियो।

सधैं मदनकृष्ण यशोदाको मायामा हार्ने र यशोदाले जित्ने त्यो मायाको जोडीको विछोड भएको छ। यो विछोडमा शायद यशोदालाई टिपेर लैजाने यमराज पनि रोएको हुनुपर्ने सवैको ठहर रहेको छ। यो विछोडको घाउ असह्य छ। एकदम पीडादायक बनेको छ।
प्रकाशन मिति–२०७४ साल चैत्र २० गते मंगलवार ।