काठमाडौं। यसपालिको खडेरीमा माया ओइलायो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

यज्ञ राईको गायन तथा विष्णु अधिकारीको संगीत र तारा सुवेदीको शव्द रचना रहेको यसपालिको खडेरीमा माया ओइलायो वोलको गीतको भिडियो सार्वजनिक भएको हो।

मायामा संसार भुल्ने र भुलाउने मायाबी प्रेमीलाई प्रेमिकाले धोका दिएर अरुसंगै जाँदा उक्त प्रेमीमा आएको नैराश्यताको पराकाष्ठतावाट निम्त्याएको दुःखद अन्त्यको कथा गीतको भिडियोमा देखाइएको छ।

जसमा मायाबी प्रेमीको भूमिकामा सुरेन्द्र श्रेष्ठको स्वभाविक अभिनय रहेको छ।

विभिन्न चलचित्रहरुमा नेगेटिभ रोलमा मारपिटको भूमिकामा जम्दैआएका अभिनेता सुरेन्द्र श्रेष्ठले पहिलो पल्ट यस गीतको भिडियोमा अभिनय गर्दा स्वभाविक रुपमा गहन तरीकाले अभिनय गरेका छन्।

नेगेटिभ रोलमा भान्दा मायाबी रोलमा अभिनय गर्न ज्यादै कठिन भएको वताउने सुरेन्द्रको भनाईमा माया गर्न गाह्रो छ। उनै माया गर्ने नायक सुरेन्द्रलाई धोका दिएर अन्ततिर लाग्ने प्रेमिकाको भूमिकामा अनुशा मगर रहेकी छन्।

भक्तपुरको रानीकोट तथा बोडेको प्रसिद्ध निलवाराही जंगल वरपर खिचिएको भिडियो यथार्थपरक देखिएको छ। निर्देशन अभ्य डंगोलले गरेका हुन्।

https://www.youtube.com/watch?v=T38xa99tFyM

प्रकाशन मिति–२०७७ साल चैत्र २३ गते सोमवार ।