काठमाडौं। जिन्दगीप्रतिको गुनासो तथा प्रशंशा जे जस्तो भएतापनि गीतको वोल भने ‘यस्तो पनि जिन्दगी’ रहेको छ। यही बोलको गीतको भिडियो सार्वजनिक भएपछि ‘यस्तो पनि जिन्दगी’ को यथार्थ छताछुल्ल भएको हो।

कविराज बिष्टको शब्द, संगीत र स्वरमा ‘यस्तो पनि जिन्दगी’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ। जसमा राज टाइगर, रबिना कार्की, कल्पना बिष्ट, शिवम् रायमाझी, सन्दिप पण्डितको जीवन्त अभिनय रहेको भिडियोमा हेर्न पाइन्छ ।

पदम सुवेदीको सम्पादन, मिलन बिश्वकर्माको कलरिङ, मुकेश हुमगाईंले खिचेका हुन् भने भिडियो निर्देशनमा आफ्नो पृथक पहिचान बनाउन सफल आदित्य बुढाथोकीको निर्देशन गरेका हुन। प्रस्तुति भने सदिक्षा फिल्मसको छ ।

प्रकाशन मिति–२०७९ साल भाद्र ४ गते शनिवार ।