काठमाडौं । यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड) को ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन्।

नेपाली समय अनुसार आज विहीवार बिहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वर्ल्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वर्ल्ड बनेकी हुन।

प्रतियोगितामा अमेरिकाकी श्री सैनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज कोट डी आइभोरीकी ओलिभिया यसले जितेकी छन्।

मिस वर्ल्डको अन्तिम ३० मा पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ भने त्यो भन्दा अघि बढ्न सकिनन्। कूल ९७ प्रतिस्पर्धी मध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फाइनलमा सहभागी गराइएको थियो।

प्रकाशन मिति–२०७८ साल चैत ३ गते विहीवार ।