काठमाडौ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमवार दुर्घटनाग्रस्त भएको विमानकी पाइलट पृथुला रशिद हुन्।

दुर्घटनापछि काठमाडौ मेडिकल कलेजमा लगिएकी रशिदको उपचारका क्रममा मृत्यु भएको छ। बिमानका अर्का को–पाइलट खवाज हुसेनको पनि मृत्यु भएको छ।

रशिद यूएस–बंगला विमानको पाइलट र फर्स्ट अफिसर हुन्। उनले आरिराङ फ्लाइङ स्कूलबाट विमान चलाउन सिकेकी थिइन्।

पाइलटले कन्ट्रोल रुमको निर्देशन नमान्दा विमान दुर्घटना भएको विमानस्थल अधिकारीहरुले पुष्टि गरिसकेका छन्।
प्रकाशन मिति–२०७४ साल फागुन २८ गते सोमवार ।