काठमाडौं। अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको घोषणा गरेको हो।

समाचार अनुसार, अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाको दावी रहेको छ।

पछिल्लो समय युक्रेनले रुसी सैनिकले कब्जा गरेको आफ्नो भूमि फिर्ता गरिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले हालसम्म ६ हजार वर्ग किमी क्षेत्र रूसी सेनाको कब्जाबाट युक्रेनले आफ्नो नियन्त्रणमा लिएको दावी गरेका छन्।
प्रकाशन मिति–२०७९ साल भाद्र ३१ गते शुक्रवार ।