काठमाडौं। नेपाली गीत–संगीतमा युग थर्काउने गीत गाउंदै आएका कर्मशील अग्रज गायक तथा संगीतकार सूर्य थुलुङले यो कोरोनाको डरलाग्दो कहरमा नयाँ गीत सिर्जना भएको छ।

विशेषत बालबालिकाहरुलाई कोरोनाको कहरमा बालबालिकालाई उत्साह जगाउंने बालगीतको सिर्जना गरेर त्यसको रेकर्ड भएको हो। अग्रज गीतकार डा.कृष्णहरि बरालको शव्द–रचनामा युगिन गायक तथा संगीतकार सूर्य थुलुङको स्वर–संगीत रहेको बाल गीतको वोल नै आजका कोपिला हे भोलिका कर्णधार रहेको छ।

विपिन आचार्यको संगीत संयोजन रहेको यस गीतलाई युगिन गायक तथा संगीतकार सूर्य थुलुङले फेसबुकवाट सार्वजनिक गरेका छन्। चाँडै नै गतिलो म्युजिक भिडियो बनाएर युट्युब च्यानलवाट विश्वव्यापी रिलिज गर्ने तर्खर पनि रहेको अग्रज गायक तथा संगीतकार सूर्य थुलुङले भिजन संसार डटकमलाई बताएका छन्।

https://www.facebook.com/surya.thulung/videos/10213765522607170/UzpfSTEwMDAwNjA5ODkxNDI3NjoyNjUyNzMyMjM4MjczMzgx/

प्रकाशन मिति–२०७७ साल बैशाख १५ गते सोमवार ।