काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएपछि तीन दिन त मर्नु न बाँच्नुको अवस्था भएको युगिन नेपालभाषाको ऐतिहासिक चलचित्र राजमतिका नायक मणिराज लवटले वताएका छन्।

नायक लवटलाई कोरोनाभाइरसको संक्रमण भएको आज विहीवार पाँच दिन भएको छ। संक्रमण पुष्टि भएपछि एकाएक आफूलाई टाउको फुट्ने गरेर दुखेको तथा श्वास फेर्न अत्यन्त कठिन भएको अनुभव भिजन संसार डटकमसंगको कुराकानीमा बताएका छन्। तीन दिन त रातभर रोएर वितेको त्यो कठिन पललाई जीवनमा कहिले पनि नभोगेको तर्क नायक लवटको रहेको छ।

नायक लवटसंगै लवट पत्नी तथा चलचित्र राजमतिको राजमति हिसिला महर्जन र लवटको एकमात्र सन्तान छोरी पालिजाराज लवटलाई पनि कोरोना संक्रमणको पुष्टि भएको हो। तर, लक्षण भने, हिसिला र पालिजालाई नायक लवटलाई जस्तो कोरोनाको डरलाग्दो लक्षण देखिएको छैन्।

चेकजाँच गर्दा नायक लवटको भन्दा कोरोना रिपोर्टमा हिसिला र पालिजाको अलि कडा देखिएपनि उनीहरुमा त्यस्तो कुनै लक्षण नदेखिएको जानकारी पनि नायक लवटले दिएका छन्। बाल कलाकार समेत रहेकी १३ बर्षिया छोरी पालिजा र पत्नी हिसिलामा कोरोनाको कुनै लक्षण नदेखिएको तथा उनीहरु सामान्य रहेको नायक लवटले भनेका छन्।

आफूहरु काठमाडौं महानगरपालिका वडा नंबर १७ स्थित क्षेत्रपाटी निवासको होमआइसोलेसनमा सुरक्षित रुपमा रहेको जानकारी दिदै नायक लवटले आफ्नो अवस्था सुधारिदै गएको वताएका छन्। कोरोनाको महामारीमा कसैले पनि भुलेर चिसो पद्धार्थ खान नहुने, मासुजन्य तथा दुग्ध पदार्थ खान नहुने  जानकारी दिदै नायक लवटले बडादशैंको बेला दशैं त हो भनेर आफूले फ्रिजमा रहेको चिसो वियर खाएयता भित्रभित्रै आफू संक्रमित भैसकेको धेरैपछि मात्र थाहा भएको लवटको भनाई छ।

कोरोना संक्रमण पुष्टि भएपछि लवट परिवारले डाक्टरको सल्लाह बमोजिम उपचार गरिरहेको र डाक्टरकै सल्लाहमा आफूले औषधि सेवन गरेको वताएका छन्। वाँकी नियमित पानीको बाफ, गुर्जो राखेर अदुवा, लसुन, ज्वानो, दालचिनी, तेजपत्ता लगायतका घरेलु औषधि राखेर पानी उमालेर दिनको तीनपल्टसम्म सेवन गरेयता स्वास्थ्यमा निक्कै सुधार आएको नायक लवटले भनेका छन्।

नायक लवटले चिसो पद्धार्थ सेवन गर्दै नगरौं तथा यो जाडो महिनामा कोरोनावाट बच्न र बचाउन तातो झोलिलो पद्धार्थ बढी सेवन गरौं भनेर सर्वसाधारणको हितका लागि सन्देश दिएका छन्। १४ दिन होमआइसोलेसनमा बसेर आफू तीनजनाको परिवारले कोरोना जित्ने विश्वासमा आत्मबल दरिलो बनाउंदै उपचारमा नै व्यस्त बनेको बताएका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक २७ गते विहीवार ।