काठमाडौ। नेपालमा पहिलो पल्ट हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई टार्गेट गरेर कलेज सेफ आइकन कन्टेष्ट हुने भएको छ। सगतानी एक्जिमको प्रस्तुति तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको सहकार्यमा स्नेहा ट्राभल्स मिडियाले यस कलेज सेफ आइकन गरिन लागेको हो।

यसैक्रममा कलेज सेफ आइकन नेपाल ,२०१८ का प्रतियोगीहरुलाई लक्षित गरी शनिवार वर्कशप आयोजना गरिएको छ। काठमाडौको पुतलीसडकस्थित युनीक्याम्पस ग्लोबलको परिसरमा आयोजित उक्त वर्कसपमा प्रतिस्पर्धी कलेजका प्रतियोगी विद्यार्थी, निर्णायक सेफ, संचारकर्मी लगायतको उपस्स्थिति रहेको थियो।

वर्कशपमा निर्णायक मन्डलका सेफहरु सुरेशचन्द्र बस्नेत, सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मणप्रसाद भण्डारी,डा.संजय जम्मल, युवराज पोखरेल र कृष्णकाजी बस्नेतले प्रतियोगितामा रहने खानाका किसिम, खानाको महत्व खाना बनाउने तरिका, सेफले दिनुपर्ने प्रस्तुति आदीका बारेमा प्रस्तुति दिएका थिए। युनीक्याम्पस ग्लोबलका निर्देशक घनश्याम घिमिरेले बिदेशी भूमिमा नेपाली खानाको उपलब्धता सम्बन्धमा प्रस्तुति दिएका थिए।

वर्कसपमा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको जानकारी सेफ जज सुरेशचन्द्र बस्नेतले भिजन संसारलाई बताएका छन्। सेफ लक्ष्मण प्रसाद भण्डारीले वर्कसपमा नेपाली खानाको बारेमा विशेष प्रस्तुति दिएका थिए। चुकौनी, फापर रोटी, टिमुरी आलु, कालो चामलको चाम्रो भात लगायतका प्रस्तुति प्रदर्शन गरिएको थियो। प्रतियोगिताको अडिसन यही आउने जेष्ठ १५ गतेवाट हुने र नेपाल टेलिभिजनमा त्यसको राष्ट्रिय प्रसारण जेष्ठ १९ गतेवाट प्रसारण हुने जनाइएको छ।

प्रकाशन मिति–२०७५ साल जेठ ५ गते शनिवार ।