काठमाडौ। युरोपको राजधानी नै मानिएको पोर्तुगलमा सुरुवात भएको नेपालीहरुको पहिलो टिभी नेपुगल टिभी हिजोआज चर्चाको शिखरमा रहेको छ।

यस टिभीका संस्थापक संचालक गंगा बहादुर नेम्कुलका अनुसार यस टिभीमा नेपालभाषा, नेपाली, तामाङ भाषा लगायत नेपालमा बोलिने अरु भाषाहरुमा समेत प्रसारण प्रारम्भ गरिएको छ।

हिजो आज पोर्तुगलका नेपाली कार्यक्रमहरु तथा नेपाली बस्तुस्थिती–चिनारी,नेपाली समस्या परिस्थिति लगायत सम्पूर्ण कार्यक्रम प्रसारण गर्दै आइरहेको जनाइएको छ। संस्थापक गंगा बहादुर नेम्कुलको अथक मेहेनमा रोशन लामाको साथले यो टिभी चर्चाको शिखरमा पुगेको हो।

यस टेलिभिजनले निकट भविष्यमा अझ थप सहयोगी हातहरुको साथ लिएर युरोपको एक नंबरको नेपाली टेलिभिजन बनाउने जिकिर गरेको छ।

Mr. Ganga Bahadur Nemkul ( Founder of Nepugal TV )

प्रकाशन मिति–२०७४ साल फागुन ४ गते शुक्रबार ।