काठमाडौ। फ्रान्समा आयोजना भैरहेको विश्वको दोश्रो फुटवलको महाउत्सव मानिएको मानिएको युरो कप फुटबलमा समर्थक वीच झडप भएको छ। रुस र इग्ल्याण्डका समर्थक वीच भएको झडपवाट ३० जना भन्दा बढी घाइते बेनका छन्। त्यसमध्ये दुईजनाको अवस्था गंभीर भएको बीबीसीले जनाएको छ।

russia_england_fight

दक्षिणी फ्रान्सको मार्से शहरमा फ्रान्स तथा रुसी समर्थकसँग इग्ल्याण्डका समर्थकको झडप भएको थियो। रुस र इग्ल्याण्डको खेल १-१ को बराबरिमा सकिएसँगै दुई देशका समर्थकबीच पुन झडप भएको थियो। रुसी समर्थकलाई इग्ल्याण्डका समर्थकले आक्रमण गरेपछि झडप सुरु भएको बीबीसीले जनाएको छ।

russ_england_fight3

एक अनुमान अनुसार आफ्नो टीमको पहिलो म्याच हेर्नका लागि दुवै टीमका करीब ९० हजार दर्शक जम्मा भएका थिए । दुई देशका समर्थकले एक अर्कामाथि कुर्सी प्रहार गर्न थालेसँगै दंगा नियन्त्रक प्रहरीले अश्रु ग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । फ्रान्सका गृहमन्त्री बनार्ड केजेनोवले मारपीटमा उत्रिएकाहरुले खेल अघिको माहोलका कारण हिंसा मच्चिएको बाहना बनाएका छन्।
प्रकाशन मिति–२०७३ साल जेठ ३० गते आइतवार ।