काठमाडौं। युवाहरुलाई युवाहरुले नै प्रोत्साहित गर्ने उदेश्यनुरुप युथ गाला अर्थात युवा महोत्सव हुने भएको छ। इन्टरनेशनल युथ सोसाइटीको आयोजनामा उक्त युवा महोत्सव हुन लागेको हो।

२६ जुलाई अर्थात साउन १० गते शुक्रवार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा युवा महोत्सव हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

आयोजक समितिका संयोजक जानुका गुरुङका अनुसार महोत्सवमा एजुकेशसन संवन्धी विचार विमर्श, ड्रोन कम्पिटिसन, मनोरंजन, रोवोटिक्स वर्कसप लगायत विविध फुडस्टल हुने भएको छ।

कार्यक्रममा सवैलाई निःशुल्क प्रवेश व्यवस्था गरिएको पनि आयोजक समितिले भनेको छ। जसवाट स्वदेशमा रहेका युवा तथा विदेशमा जान खोजिरहेका युवाहरुलाई पनि युवा महोत्सव अत्यन्त लाभप्रद हुने बताइएको छ।

Photo By-Buddha Sharan

प्रकाशन मिति–२०७६ साल साउन ९ गते विहीवार ।