–राजनीति समाज सेवा हो–पेशा होइन
– बीपी कोइरालाको आत्मबृतान्तवाट राजनीति
– स्वअध्ययन ठूलो युनिभरसिटी
– सर्टिफिकेट हुने सवै नैतिकवान छैन
–समाज बदल्न पहिला आफू बदलिनु पर्दछ
–आफ्नो अनुहारमा धुलो छ भन्दैमा ऐना पुछेर हुदैन
–परिवर्तन एकैचोटी हुने होइन, सोचमा परिवर्तन हुनु आवश्यक छ
–नेतृत्व तहमा पुग्ने प्रमुख लक्ष्य तथा चाहना
–राजनीति फुलटाइम होइन

–श्याम स्मृत
काठमाडौं। नेपालमा राजनीति गर्ने नेताहरुले राजनीतिलाई पेशा नै बनाएको कारण नेपाली राजनीति सधै बदनाम हुने गरेको छ। राजनीति कुनैपनि हालतमा पेशा अर्थात व्यवसाय होइन। राजनीतिलाई पेशा तथा व्यवसाय बनाएपछि निश्चित रुपमा त्यो राजनीति नभइकन व्यापार हुन्छ। राजनीतिलाई पेशा बनाउने हो भने त्यो राजनीति भन्न नमिल्ने ठहर तथा जिकिर युवा नेता लाक्स श्रेष्ठको रहेको छ।


राजनीति नितान्त समाज सेवा भएको दावी लाक्सको रहेको छ। नेपाली जनताको नाममा राजनीति गर्ने अनि नेपाली जनता माथि नै राज गरेर राजनीति गर्ने हो भने, त्यो निश्चित रुपमा नेपाली जनताप्रति गरेको कुठाराघात तथा अन्याय हो र पाप नै हो भनेर लाक्सले भनेका छन्। नेपाली कांग्रेस गोकर्णेश्वर नगर समितिका निर्वाचित सदस्य तथा गोकर्णेश्वर नगर कमिटीका प्रभावशाली युवा नेता लाक्सको बास्तविक नाम बालकृष्ण श्रेष्ठ हो।

नेपाली राजनीतिमा भने बालकृष्ण श्रेष्ठको नामवाट भन्दा बढी लाक्सको नामवाट धेरै चिनिएका छन्। लाक्स विशेषत नेपाली कांग्रेसका संस्थापक युगान्तकारी नेता बीपी कोइरालाको आत्मबृतान्त नामक पुस्तकवाट प्रभावित बनेर नेपाली कांग्रेसको राजनीतिमा लागेका हुन्। बीपीको आत्मबृतान्त धेरैपल्ट दोहो¥याएर अध्ययन गरेपश्चात त्यसवाट प्रभावित बनेर राजनीतिमा लागेको बताउने लाक्स आफू राजनीतिलाई पेशा बनाउन नआएको र राजनीतिवाट समाजसेवा गर्न आएको खुलासा गर्छन्।

विगत १० बर्षदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लाग्दैआएका युवा नेता लाक्स नेपाली राजनीतिको रुपान्तरणमा युवाहरुको व्यापक सहभागिता आवश्यक भएको र उच्च नेतृत्वमा युवाको आवश्यकता भैसकेको जिकिर गर्छन्। पुरानै सोच र पुरानै अवधारणावाट नेपाली राजनीतिलाई अगाडि लान अव कठिन भैसकेको छ। अव नयाँ सोच तथा नयाँ अवधारणावाट नेपाली राजनीतिलाई अग्रता दिनुपर्ने आवश्यकता भैसकेको छ।

त्यसतर्फ नेतृत्व तहले नसोचेमा र त्यसलाई कार्यन्वयन नगरेमा नेपाली राजनीतिले अग्रता नपाउने तथा नेपाली जनताले सोचेजस्तो उपलव्धी नपाउने भनाई पनि लाक्सको रहेको छ। प्रभावशाली युवा नेता लाक्स बागमती सफाई अभियानका अभियन्ता पनि हुन्। राजनीतिको माध्यमवाट सामाजिक सेवामा अहोरात्र लागिरहेका लाक्स समाज सेवा नै आफ्नो राजनीति भएको खुलासा गर्छन्। यसकारण पनि लाक्स युवाहरुमाझ लोकप्रिय छन्।

सर्टिफिकेट ज्ञान होइन
धेरैको सोचमा ठूला ठूला विश्वविद्यालयमा अध्ययन गरेर त्यहाँवाट प्राप्त हुने सर्टिफिकेट नै शिक्षाको आधार हो। ज्ञानको भण्डार हो भन्ने गलत धारणा रहेको छ। विश्वविद्यालयका सर्टिफिकेट मात्र शिक्षा यानी ज्ञानको आधार अवश्य होइन। ती विश्वविद्यालयका सर्टिफिकेटधारीहरुमा नैतिकता तथा व्यावहारिकताको ज्ञान छैन भने, त्यो सर्टिफिकेट केवल कागजको खोस्टा मात्र हो। त्यसैले सर्टिफिकेट मात्र ज्ञान होइन भनेर लाक्सले भनेका छन्। आफूले धेरै ठूलो विश्वविद्यालयको सर्टिफिकेट नलिएको र नैतिकता तथा व्यावहारिकताको ज्ञान मात्र पाएको लाक्सको खुलासा रहेको छ। सर्टिफिकेटको हकमा प्लस–टुसम्मको मात्र अध्ययन रहेको र वाँकी सवै स्वअध्ययनवाट सिकेको तथा जानेको हो भन्ने लाक्स स्वअध्ययन नै युनिभरसिटी हो भन्छन्।

व्युटी इज हाफ क्वालिफिकेसन
हरेक मानिसमा व्युटी हुन्छ। त्यो व्युटीलाई कसरी उजागर गर्ने भन्ने कुरा त्यस व्यक्तिमा निहित हुन्छ। समयानुरुप चिटिक्क परेर समयानुकुल ड्रेसअप गरेर हिंड्न जान्नु पनि व्युटी हो। त्यो व्युटीलाई एडजस्ट गर्न आफूलाई पहिला देखि नै आउछ र त्यसलाई अपनाउने कार्य आफूवाट हुंदैआएको जानकारी पनि लाक्सले दिएका छन्। त्यसैले पनि लाक्स अरुभन्दा अलि फरक छन्। फरक बनेर कुनै फिल्मी हिरोभन्दा कम नभइकन फेसनेवल बनेर हिंड्ने लाक्सको अर्को शौख हो। त्यसैले लाक्स व्युटी इज हाफ क्वालिफिकेसन भन्न रुचाउंछन्। व्युटीले नै मानिसभित्रको अर्को योग्यता अर्थात क्वालिफिकेसनलाई जनाउने गर्दछ।

समाज बदल्न आफू बदलिनु आवश्यक
समाजलाई म जसरी भएपनि परिवर्तन गर्छु भनेर लाग्नेहरुले कहिले पनि आफूपनि बदल्नु पर्छ भन्ने सोचाई नै राख्ने गरेको पाइदैन। उनीहरु केवल समाज बदल्नु पर्दछ भनेर लागेको पाइन्छ। फोहर भएको स्थानमा आफैले फोहर सफा गर्नुपर्छ भनेर भन्दैनन्। अरुलाई खाली सफा गर्नुपर्छ भनेर मात्र भन्दै हिंड्ने गर्छ। जसवाट समाज बदलिदैन्। समाज बदलिन आफै फोहरमा पसेर फोहर सफा गर्नुपर्छ र आफूमा लागेको फोहर पनि पखाल्नु पर्छ। तब मात्र आफूपनि बदलिन्छ र समाज पनि बदलिन्छ भन्ने अवधारणा लाक्सको रहेको छ।

अनुहारमा धुलो छ भन्दैमा ऐना पुछेर हुदैन
अनुुहारमा लागेको धुलो ऐना पुछेर हुदैन। अनुहार नै पुछेपछि मात्र पो अनुहारको मयल अर्थात धुलो हटेर अनुहार सफा हुने गर्दछ। ऐना मात्र पुछेर आफ्नो अनुहारमा लागेको धुलो पुछिन्छ भन्नु नितान्त गलत कुरा हो। यसतर्फ सचेत हुन पनि लाक्सले सवैलाई आव्हान गरेका छन्।

सोचमा परिवर्तन
हरेक मानिसमा सोच परिवर्तन हुन सकेको पाइदैन। पुरानै सोच र पुरानै ढर्रामा बाँचेको समाजमा नयाँ सोचले स्थान पाउन कठिनता हुने गर्दछ। यद्यपि, नयाँ सोच ल्याउने कोशिश मात्र गरेतापनि समाजलाई अग्रता दिन सकिने अवधारणा लाक्सको रहेको छ। लाक्स हरेक मानिसमा नयाँ सोच आउन आवश्यक छ भन्छन्।

राजनीति फुलटाइम होइन
राजनीति फुलटाइम होइन। राजनीति त पार्टटाइम मात्र हो। जीवन निर्वाहको लागि त व्यवसाय गर्न आवश्यक छ। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा पनि सक्रिय राजनीति पश्चात आफ्नो पुरानै व्यवसायमा फर्केका छन्। यो उदाहरण सवै नेपाली राजनेताहरुले बुझ्नु आवश्यक छ। नमरुञ्जेल राजनीति गरेर बस्नेभन्दा निश्चित समय उच्च–नेतृत्व तहमा पुगेर नेतृत्व गरिसकेपछि आफ्नो व्यवसायमा फर्कने सोच गरेमा कहिले पनि नेपाली राजनीति सिनो गन्हाएजस्तो नगनाउने ठहर लाक्सको रहेको छ। लाक्सले यसकारण पनि राजनीतिलाई फुलटाइमको रुपमा लिएका छैनन्। पार्टटाइमको रुपमा लिएका छन्। उच्च नेतृत्व तहमा पुगेर निश्चित समयमा राजनीतिवाट निवृत बनेर आफ्नै व्यवसायमा फर्कने लाक्सको सोच र योजना रहेको छ।


(नामी साप्ताहिकवाट साभार।)
प्रकाशन मिति–२०७६ साल भदौं ३ गते बुधवार ।