काठमाडौं। शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ। योग रोगी तथा निरोगी दुवैको लागि अतिउपयुक्त विनासाइड इफेक्टको पद्धति हो। यिनै योगको माध्यमबाट सवैलाई निरोगी बन्ने र बनाउने तथा खुशी खोज्ने प्रमुख तत्वको रुपमा योगलाई लिने कार्य प्रसिद्ध व्युटीथेरापिष्ट लक्ष्मी थापाबाट भएको छ। लक्ष्मी थापाले योगमा पोख्तता लकडाउनको दुई महिनाको अवधिमा प्राप्त गरेकी हुन।

काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नंबर २ बँदेलीस्थित शिब्तत्व योग स्कुल पुगेर त्यहाँका प्रतिष्ठित योगा गुरु नविन घले तथा अनिल आदित्य मार्फत योगाको कठिन भन्दा कठिन अभ्यास गर्ने कार्य असार महिनावाट लक्ष्मी थापाले गरेकी हुन। नाभीलाई लकगरेर ज्यादै मेहनतपूर्वक योगाभ्यास गर्दा आफूभन्दा पनि बढी वजनका गुरुहरुलाई पनि काँधमा हल्कापूर्वक राखेर योगाभ्यास गर्न सक्षम वनेकी छन्। जुन कठिन भन्दा कठिन योगाभ्यास हो। त्यस योगाभ्यासमा लक्ष्मी थापाले कम समयमा तय गरेको पाउंदा दुवै गुरु दंग देखिएका छन्।

काठमाडौंको बौद्धस्थित लाभिज व्युटीलञ्ज एण्ड ट्रेनिङ सेन्टरका प्रोप्राइटर तथा प्रसिद्ध व्युटीथेरापिष्ट लक्ष्मी थापाको निकट भविष्यको चाहना योगा स्कुल खोल्नु पनि हो। योगको माध्यमवाट विभिन्न कारणवाट हुने गरेको डिप्रेसनवाट मुक्त गर्ने र गराउने लक्ष्मी थापाको ठूलो योजना पनि हो।

यस योजनानुरुप योगामा तपस्वी जस्तै लागिरहेकी लक्ष्मी थापाका अनुसार, योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ। जहाँ जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ। जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान हुने गर्दछ।

छोटो समयमा योगमा चमत्कार देखाउने कार्य गरेकी लक्ष्मी थापाले नेपालमा पनि सुन्दरतामा स्थायीत्व ल्याउने विभिन्न तौर–तरीका र प्रविधि भित्राएर चमत्कार गर्ने व्युटीथेरापिष्टका रुपमा पनि लक्ष्मी थापालाई नै लिइने गरेको छ। तीन वर्ष अगाडि सहज तथा सरल तरीकाले प्रयोग गर्ने र गराउने सेमी परमानेन्ट मेकअपको विकास लक्ष्मी थापावाट भएको हो। प्रारम्भमा काठमाडौको न्यूरोड तथा पछि बौद्ध स्थित लाभिज व्युटी लञ्ज एण्ड ट्रेनिङ सेन्टर मार्फत यस कार्यलाई व्यावसायिक रुपमा अगाडि बढाएकी मेकअप आर्टिष्ट लक्ष्मी थापाको भिजन तथा मिसन भनेकै नेपालमा व्युटीको क्षेत्रमा एकपछि अर्को चमत्कार गर्नु हो।

अरुले नगरेको कार्यमा बेग्लै तौर–तरीकाले प्रस्तुत गरेर नेपाललाई व्युटीको देशको रुपमा चिनाउनु हो। पाँच बर्षभन्दा बढी दुबईको भीआईसीसी इन्ष्टिच्युटमा फुल व्युटीसियन कोर्ष गरेकी थापाले विशेषत पर्मानेन्ट लिपिस्टिक तथा आइब्रो मेकिङमा विशेष दक्षता हासिल गरेकी छन्। जसको प्रयोग लक्ष्मी थापाले लाभिज व्युटी लञ्ज एण्ड ट्रेनिङ सेन्टर मार्फत गरेर सफलता प्राप्त गरिसकेकी छन्। आइब्रो तथा लिपिस्टिकका सेमी परमानेन्ट मेकअप प्रडक्टलाई लाभिज ब्रान्ड दिएर नेपालको व्युटीबजारमा पठाउन सेमी परमानेन्ट मेकअप आर्टिष्टका रुपमा समेत ख्याति कमाएकी लक्ष्मी थापा सफल बनेकी छन्।

आइब्रो तथा लिपिस्टिकका सेमी परमानेन्ट मेकअप प्रडक्ट प्रयोग गर्दा कम्तिमा ए बर्ष तथा बढीमा दुई बर्षसम्म कामकाजी महिला तथा सर्वसाधारण महिला सवैलाई हरेक दिन लिपिस्टिक लाइरहनुपर्ने तथा दिनहुँ आइब्रो मिलाउनु पर्ने हैरानीवाट मुक्ति पाउने जिकिर तथा दावी व्युटीथेरापिष्ट लक्ष्मी थापाले नामी साप्ताहिकमा गरेकी छन्। यस बारेमा अझ जानकारी लिनका लागि मेकअप आर्टिष्ट लक्ष्मी थापासंग महिला दिदीबहिनीहरुले सिधा संपर्क गर्न सक्नु हुन्छ। संपर्क फोन नंबर– 9860679534
प्रकाशन मिति–२०७७ साल भाद्र ८ गते सोमवार ।