ajaya-art-exhibitionaललितपुर। ललितपुर सौगल स्थित योङ्ग पिकासो अ कम्युनिटी स्कुल अफ फाइन आर्टको आयोजनामा शुक्रबारवाट पाँच दिने चित्रकला प्रदर्शनी शुरु भएको छ। ललितपुरको पाटन दरबार स्क्वायर स्थित ऐतिहासिक पाटन दरवार म्युजियममा पचास कलाकारका उन्नानसय चित्र प्रदर्शनी गरिएको छ।

चार बर्षको बच्चा देखि ७४ बर्षको बृद्धसम्मको विभिन्न आकर्षक चित्रहरुको प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीको शुभारम्भ नेपालका लागि श्रीलंकाकी राजदूत डब्लु एस परेराव्दारा गरेकी थिइन्। प्रदर्शनीको शुभारम्भ गर्दै राजदूत परेराले योङ्ग पिकासोको चित्रकला प्रदर्शनीवाट आफू निक्कै प्रभावित बनेको बताएकी छन्।

अ सेलेक्टेट ग्राण्ड आर्ट एक्जिविसन २०१६ नाम दिएको चित्रकला प्रदर्शनीमा धेरैको सहभागिता रहने अपेक्षा आयोजक योङ्ग पिकासो अ कम्युनिटी स्कुल अफ फाइन स्कुलका म्यानेजिङ्ग डाइरेक्टर तथा प्रसिद्ध कलाकार अजय देसारको रहेको छ।

शुक्रबारवाट आयोजित प्रदर्शनीका लागि सुदुरपश्चिम नेपाल महेन्द्रनगरकी कलाकार मोनिका मल्ल प्रदर्शनीमा आफ्ना दुई कला रहेकोमा निक्कै नै खुशी बनेकी छन्। प्लस टु सम्म बाणिज्य शास्त्र अध्ययन गरेकी उनले अव काठमाडौमा बसेर कलामा नै व्याचलर गर्ने बताएकी छन्।

ajaya-art-exhibitiona-1

सानैदेखि कलामा रुचि रहेको र सोही रुचि अनुरुप योङ्ग पिकासोमा आवद्ध भएर थप कलाकारिता सिकेको बताउने उनले यसप्रकारको प्रदर्शनीले कलाकारलाई निक्कै प्रेरणा दिएको प्रतिक्रिया दिएकी छन्। र उनले सुदुरपश्चिमकै भाकामा भनेकी छन्–“हमरा त तमरा बाहेक को नै छ र !”
प्रकाशन मिति–२०७३ साल मंसीर २५ गते शनिवार ।