yomari-celebration-compitionलण्डन। नेवार परम्परा र पहिचानको प्रतिक बनेको योमरी पुन्हीको अवसरमा बेलायतमा योमरी कम्पिटिसन २०१६ हुने भएको छ। यही आउने डिसेम्बर १७ का दिन लण्डनको लोटस क्लवमा भव्य तथा सभ्य रुपमा हुन गैरहेको छ।

yomari-celebration-compition-2पासा पुचः गुठी साउथ इष्ट लण्डनको आयोजनामा हुन गैरहेको योमरी कम्पिटिसनमा योमरी बनाएर उत्कृष्ट बन्नेलाई अवार्ड प्रदान गरिने पनि भएको आयोजक पासा पुच गुठी साउथ इष्ट लण्डनका महासचिव नगेन्द्र श्रेष्ठले भनेका छन्।

योमरी कम्पिटिसन २०१६ का संयोजक अशोक अवालले योमरी कम्पिटिसनका लागि आवश्यक चाकु लगायतका सामाग्री नेपालवाट ल्याइसकेको र योमरी पुन्ही पर्वको अवसरमा गरिन लागेको यस कम्पिटिसनले नेपालमा नै रहेको आभाँस दिइने दावी समेत गरेका छन्।

कार्यक्रममा नेवार संस्कृति झल्काउने लाखे नाच, भैरब नाच लगायतका सांस्कृतिक प्रस्तुति समेत हुने भएको छ। योमरी कम्पिटिसनको लागि ३ सदस्यीय निर्णायक समिति समेत गठन गरिसकेको आयोजक पासा पुचः गुठी साउथ इष्ट लण्डनले जनाएको छ।

yomari-celebration-compition-1प्रकाशन मिति–२०७३ साल मंसीर २५ गते शनिवार ।