indrajatra-6काठमाडौ। यो बर्षको इन्द्रजात्रा आज मंगलवार रातिवाट विधिवत रुपमा संपन्न भएको छ। काठमाडौको लामो तथा ऐतिहासिक मानिएको इन्द्रजात्राको आज अन्तिम दिन नानियाः याः भन्दै जीवित देवी कुमारी तथा जीवित देवताहरु गणेश र भैरबको काठमाडौका स्थानिय महिलाहरुले तानेर नगर परिक्रमा गरेपछि विधिवत रुपमा संपन्न भएको हो।

indrajatra-4बसन्तपुर दरबार क्षेत्रमा ठड्याएको इन्द्रध्वजको प्रतिक लिंगो ढालेर आज राति नै टेकुको बागमती दोभानमा सेलाएसंगै यो बर्षको इन्द्रजात्रा समापन भएको छ। आजै कुमारी, गणेश र भैरबको रथ बसन्तपुरवाट प्याफल, यटखा, नरदेवी, किलागल, इन्द्रचोक हुंदै बसन्तपुरको कुमारीघरमा कुमारी भित्राइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीको दर्शन तथा कुमारीवाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्।

indrajatra-2 indrajatra-5 indrajatra-7 indrajatra-8प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।