काठमाडौं। भव्य तथा सभ्य कार्यक्रम वीच क्वीक्स लिट्टल च्याम्प एण्ड मिनी लिट्टल च्याम्प २०१९ संपन्न भएको छ। नेपालको इभेन्ट म्यानेजमेन्टमा अग्रणी कंपनी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले क्वीक्स लिट्टल च्याम्प एण्ड मिनी लिट्टल च्याम्प २०१९ भएको हो।

शनिवार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा यो बर्षकी क्वीक्स लिट्टल च्याम्प सुप्रिना कार्की बनेकी छन्। अवनी अग्रवाल भने फस्ट रनरअप बनेकी हुन्। त्यसैगरेर, क्वीक्स मिनी लिट्टल च्याम्प प्रिन्का खड्का भएकी छन्। फस्ट रनरअप प्रतिभा भण्डारी भएकी हुन्।

प्रतियोगिताको उदघाटन ख्यातिप्राप्त गायिका देविका बन्दनाले गरेकी थिइन्। सानी नानीहरुमा निहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले बर्षेनी गरिदैआएको यस कार्यक्रमले उनीहरुको बृति विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजक मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी अध्यक्ष तथा महाप्रवन्धक मोहना क्षेत्रीले भिजन संसार डटकमलाई बताएकी छन्।

महाप्रवन्धक क्षेत्रीका अनुसार यो बर्षको क्वीक्स लिट्टल च्याम्प तथा मिनी लिट्टल च्याम्प विजेताहरुले नेपालको प्रतिनिधित्व गरेर यसै बर्ष इजिप्टमा आयोजना हुने टिभी स्टार्ट फेस्टिबलमा भाग लिन जाने भएका छन्। त्यसको लागि पनि व्यापक तयारी भैरहेको महाप्रवन्धक क्षेत्रीको भनाई रहेको छ।


प्रकाशन मिति–२०७५ साल माघ ५ गते शनिवार ।