काठमाडौं । मिस नेशनल २०२१ र कराओके आइकन सिजन ३ हुने भएको छ। त्यसको लागि व्यापक खोजी गर्ने कार्य हुने भएको हो।

काराओके ईन्टरटेन्मेन्टको आयोजनामा दुवै कार्यक्रम हुने तयारी भैरहेको आयोजक समितिका अध्यक्ष खगेश रञ्जितकारले वताएका छन्।

अध्यक्ष रञ्जितकारका अनुसार, आगामी फागनु २२ गते काठमाडौंको सातघुम्ती ठमेल स्थित डेलिमा गार्डेन क्याफेमा दिउंसो २ बजे अडिसन हुने भएको छ।

उक्त अडिसनवाट छानिएकाहरु नै मिस नेशनल २०२१ र कराओके आइकन सिजन ३ को प्रतिस्पर्धी हुन पाउने छन्।

विगतका वर्षहरुमा जस्तै यो बर्ष पनि तहल्कापूर्ण मिस नेशनल र कराओके आईकनको व्यापक तयारीमा आयोजक समिति लागिरहेको जानकारी पनि अध्यक्ष रञ्जितकारले वताएका छन्।
प्रकाशन मिति–२०७७ साल फागुन ९ गते आइतवार ।