काठमाडौ। भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्षको विश्व सुन्दरी बनेकी छन्। चीनमा संपन्न ६७ औं संस्करणको मिस वल्र्डको संस्करणमा भारतको हरियाणा राज्यकी २० वर्षीया छिल्लरले प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उक्त मिस वल्र्डको उपाधी चुम्न सफल भएकी हुन्।

चीनको सान्या सिटीमा आयोजित प्रतियोगितामा छिल्लरलाई सन् २०१६ कि विश्व सुन्दरी प्युर्टो रिकोकी स्टेफेनिया डेल भ्यालेले मिस वल्र्डको ताज पहिर्याएकी थिइन्। १७ बर्षपछि भारतीय सुन्दरीले जितेको यो पहिलो मिस वल्र्ड हो।

यसअघि ऐश्वर्य राय तथा प्रियंका चोपडाले मिस वल्र्डको ताज जितेका थिए। छिल्लर मेडिकल शिक्षामा अन्तिम वर्ष अध्ययन गरिरहेकी विद्यार्थी हुन् । मिस वल्र्ड २०१७ मा नेपालको तर्फबाट सहभागी मिस नेपाल निकिता चन्दक भने उत्कृष्ट ४० को पहिलो राउन्डबाट आउट बनेकी थिइन्।


प्रकाशन मिति–२०७४ साल मंसीर ३ गते आइतवार ।