लण्डन। एक हजार पाउन्डको चेक, मेडल र ट्रफी सहित यो बर्ष बेलायतमा मनन गुरुङ मिस्टर युके नेपाल २०१९ बनेका छन् । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेज हलमा शनिबार साँझ आयोजित प्रतियोगितामा २९ वर्षीय गुरुङ सातौं मिस्टर यूके नेपाल २०१९ भएका हुन् ।

मास्टर र ओभरअल गरी ११ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा सागर विक फस्ट रनरअप भए भने सेकेन्ड रनर अपको उपाधि तारा गुरुङले जिते । मास्टरतर्फ खगेन्द्रराज गुरुङ विजेता बने । फस्ट र सेकेन्ड रनरअपमा क्रमशः उमेश पुन र नेत्र फगामी भए ।

प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पूनम गुरुङ, आयोजक संस्थाका अध्यक्ष सुक गुरुङ, प्रमुख सल्लाहकार शुक्र राई, धन सार्कीलगायतले विजेतालाई उपाधि प्रदान गरे ।

आयोजना युके नेपाल इन्टरनेसनल बडी बिल्डिङ लिगले गरेका हुन्। यो प्रतियोगिता लिगले विगत सात बर्षदेखि गरिदैआएको अध्यक्ष सुक गुरुङको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन १३ गते सोमवार ।