ललितपुर। बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ यात्राको शुभ साइत भाद्र २९ गतेका लागि जुरेको छ। सोमबार पाटन मंगलबजार स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफलपछि भाद्र २९ गतेको साइतमा रातो मच्छेन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङ्‌मती लैजाने निर्णय भएको हो।

ज्योतिष कृतिकिरण जोशीले भाद्र २९ गते बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मच्छेन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताएका छन्।

वर्ष कोरोना महामारीका कारण नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरी मूर्तिलाई बुङमति पुर्‍याएको चार दिनमा विशेष पूजाआजा गरी यो बर्ष रातो मच्छेन्द्रनाथको जात्रा पर्व समाप्त गरिने भएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र २२ गते सोमवार ।