Page No.1- Zika Virusकाठमाडौ। हाल अमेरिकामा महामारीको रुपमा फैलिएको जिका भाइरस नामक रोग यौनसंवन्धको कारण फैलिएको पुष्टि भएको छ। अमेरिकाको टेक्सासमा एक जोडीले यौनसंवन्ध राख्दा जिका भाइरस सरेको खुलासा भएको हो।

Page No.1- Zika Virus by sex relation

लामखुट्टेबाट मात्रै सर्ने जिका भाइरस यौनसम्बन्ध स्थापित गर्दा सरेका व्यक्तिको पनि सोही कारण गम्भीर विरामी परेका छन्। द सेन्टर फर डिजिज एन्ड प्रिभेन्सनले यो कुराको पुष्टि गरेको छ। डल्लास काउन्टीमा एक व्यक्तिले यौनसम्पर्क राख्ने क्रममा उनमा जिका भाइरसको संक्रमण भएको हो।

sex seen 1

डल्लास काउन्टीका एक अधिकारीले बताए अनुसार ती ब्यक्तिले विरामी भएका अर्का व्यक्तिसँग यौनसम्बन्ध राखेपछि जिका भाइरसको संक्रमणको शिकार भए। जुन अमेरिकामा पत्ता लागेको जिका भाइरसको पहिलो संक्रमण हो।

अमेरिकामा अहिलेसम्म लामखुट्टेबाट जिका भाइरस फैलिएको प्रमाण चिकित्सकहरुले फेला पार्न सकेका छैनन्। लामखुट्टेबाट संक्रमित विरामी नभेटिएपनि यौनसम्बन्धबाट जिका भाइरस संक्रमण भएका विरामी भेटिएपछि त्यहाँ त्रास बढेको छ। विश्व स्वास्थ्य संगठनले मंगलवार जिका भाइरसलाई अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्यका लागि खतरा भएको घोषणा गरेको छ।
प्रकाशन मिति–२०७२ साल माघ २१ गते विहीवार ।