काठमाडौ। अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १ सय ७५ वर्षको जेल सजाय सुनाएको छ।

१ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो। नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेका हुन्।

५४ वर्षीय नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो । उनले कतिपय ओलम्पिक खेलाडीलाईसमेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल माघ ११ गते विहीवार ।