–कल्पना तिवारी
काठमाडौं। हिजोआज प्रेमको तरिकामा मात्रै होइन यसको मान्यतामा पनि परिवर्तन आइरहेको छ । युवाअवस्थामा विपरितिलिंगी प्रतिको आकर्षणले युवायुवतीलाई एकअर्का बीचमा प्रेमको बन्धनमा बाँध्छ। र, विस्तारै भेटघाट, कुराकानी र एकअर्काप्रति समर्पित हुने सम्मको सम्बन्ध बन्छ ।
प्रेमसम्बन्ध चल्दै गर्दा अहिलेका युवायुवतीहरु एकान्त भेट्नसाथ यौन सम्बन्ध बनाउन डराउँदैनन् । यस्तोमा युवक सेक्सको लागि छिटो तयार हुन्छ र सेक्सको लागि तत्पर हुन्छ भने प्रेमीकाहरुको संकेत शारीरिक सुखमात्रै नभएर सबै पलहरुको रोमाञ्चकतालाई समेट्ने तर्फ हुन्छ ।

यस्तोमा प्रेमीले शारीरिक सम्बन्ध बनाइसके पछि आफ्नो प्रेम सकिएको सम्झिन्छ भने प्रेमीकाले शारीरिक सम्बन्ध कायम भइसकेपछि झनै दिलो ज्यानले एकअर्कालाई चाहने, मिठोमिठो कुरा गर्ने, छेडछाड र सेक्सपछि पनि प्रेमीको अंगालोमा बाँधिदा भाग्यमानी सम्झिने गर्छिन् । प्रेमीकाहरु भावनाहरुलाई प्रेमको अभिव्यक्ति सम्झिछन् साथै उनीहरु प्रेमीले आफ्नो यौन चाहनालाई आँफै बुझोस र मायालु व्यवहार गरोस भन्ने चाहन्छन् ।

प्रेम सम्बन्धमा रहेका युवतीहरुलाई आनन्ददायक सेक्स लाइफको लागि यौनसम्पर्क मात्रै होइन आफ्नो प्रेमीको साथमा बिताएको हरेक क्षणमा रोमान्टिक पलहरु र मायालु व्यवहारको पनि आवश्यकता हुन्छ। युवतीहरुलाई आफ्नो प्रेमीले बाहिर भेट्दा पढाई, करियरको मात्रै कुरा गरेको र फेरि एकान्तमा भेट्नसाथ सेक्सको चाहना गरेको कहिल्यै पनि मनपर्दैन। यदि प्रेमीले यस्तो मात्रै गर्छ भने युवतीहरुको मनमा आँफू उनीहरुको यौन इच्छा पुरा गर्ने एक खेलौनामात्रै भएको जस्तो भावना आउँछ । यस्तोमा उनीहरु आफ्नो प्रेमीलाई धेरै स्वार्थी र आँफैलाई भोगको वस्तु सम्झिन थाल्छिन् ।

अध्ययनहरुबाट ६० प्रतिशत प्रेमीकाले मात्रै जति पटक आफ्नो प्रेमीसँग सम्भोग गरेका छन् त्यसमा कम्तीमा पनि आधापटक मात्रै चरम आनन्दको अनुभव गर्ने तथ्य प्राप्त भएको छ । तर, उनीहरुलाई प्रेमीको खुसीको लागि सेक्सको क्रममा चरमआनन्द प्राप्त गरेको जस्तो देखाउन पर्छ । कैयौं पटक त उनीहरुको मनमा आफूमै केही कमी भएको त छैन भन्ने अपराधवोध हुन्छ। युवतीहरुमा आफ्नो अंगको बनावट, आकार र सरसफाइलाई लिएर तुलनात्मक रुपमा हिनताको भावना हुन्छ । यसैले उनीहरु अँधेरोमा मात्रै निवस्त्र हुन चाहछन् ।

युवतीहरुले आफ्नो प्रेमीले आफ्नो अंग र सौन्दर्यको प्रशंसाको गरोस भन्ने अपेक्षा राख्छन । तर उल्टै कैयौं युवकहरुले आफ्नो प्रेमीकालाई मोटी, काली, लुरी जस्ता सम्बोधनहरु गर्छन् । यस्तोमा प्रेमीकाहरुको चित्त दुख्न सक्छ । प्रेम सम्बन्धमा रहेका युवाहरुले युवतीहरुको छालाको कोमलता, आँखाको सुन्दरता, ओठ, लामो कपाल, वक्ष, नितम्ब आदीको सुन्दरता र सेक्सुअल्ली अट्रयाक्सनको प्रशंसा गरेर प्रेमीकाको आत्मविश्वास बढाउने काम गर्नुपर्छ ।

दुवैजना बीचमा हसिँमजाक गर्ने गरेमा प्रेमीकाले सेक्समा पूर्ण समर्पण गर्दै सहयोग गर्छिन् । तर, प्रेमीले धेरै झूठो प्रशंसा गर्न थाल्यो भने पनि प्रेमीकाहरुले मन पराउँदैनन् । धेरै युवाहरु यस्ता जंगली हुन्छन् कि प्रेमिकालाई एकान्तमा पाउनासाथै सेक्स गर्न खोज्छन्। अनि सेक्स गर्दा चरममा पुगेर स्खलित हुनासाथै अर्कोपट्टी फर्केर प्रेमीकालाई वास्ता गर्दैनन् । मानौं अब प्रेमीकासँग कुनै पनि मतलब छैन्, उनीहरुलाई मतलब त मात्रै सेक्सको थियो ।

यस्तोमा प्रेमिकाले आफैलाई एकदम एक्ली, उपेक्षित र युज एण्ड थ्रो गरिने वस्तु सम्झिन्छिन् । उनीहरुलाई लाग्छ प्रेमीको अन्तिम उद्देश्य नै सेक्स मात्रै थियो । युवतीहरुले सेक्स र स्खलन पछि पनि प्रेमीले उसलाई चुमोस, उसको अंगलाई चलाओस् भन्ने चाहन्छन् । यौनसम्पर्क पछि बिदा हुने बेलामा पनि प्रेमीले आफूलाई अंगालो मारेर गालामा चुमोस अनिमात्रै छोडेर आओस् भन्ने लाग्छ । यसले प्रेमीकालाई आत्मसन्तृष्टि महसुस हुन्छ ।

युवतीहरुलाई बाहिर भेट्दा एकपटक पनि नछुने प्रेमीले एकान्तमा भेट्नासाथै फोरप्लेको लागि अगाडि बढको कत्तिपनि मनपर्दैन । युवतीहरु प्रेमीले उनलाई बाहिर भेट्दा पनि यौन उत्तेजना नबढाउने तरिकाले उसलाई छुने, चुम्बन गर्ने गरोस भन्ने चाहन्छन् ।

एकान्त पाउनासाथै प्रेमीकालाई सेक्सको लागि कर गर्ने र पुरै उत्तेजित नै नभइ सेक्स गरेको प्रेमीकाहरुलाई मन पर्दैन। यसबाट युवले त यौनसन्तुष्टि प्राप्त गर्लान तर युवतीहरु सन्तुष्ट हुँदैनन् । युवतीहरुले आफ्नो प्रेमीबाट एकान्तको समयमा मिठो छेडछाड, रोमान्टिक कुराहरु र काउकुती लाग्ने सेक्सी किस्साहरु सुन्ने मन गर्छन् जसले उनीहरुको मनभित्रै चस्का देओस् । यसले सेक्सको लागि विस्तारै उनीहरुको मुड बनाउने काम गर्छ । यौनसम्पर्कको क्रममा प्रेमिकाको प्रशंसा गर्ने, उनीसँग प्रेम व्यक्त गर्ने र उनीहरुको नाम लिने, तातो सास लिने गर्नाले प्रेमिकालाई उत्तेजना प्रदान गर्छ ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल बैशाख २५ गते बुधवार ।