sex seen 2काठमाडौ। यौन संवन्ध पश्चात अक्सर पुरुषहरु मस्तले सुत्ने गर्छन्। जुनकुरा ती पुरुषका यौन पार्टनर महिलाहरु खासै रुचाउंदैनन्। संवन्धपछि घ्वाँर–घ्वाँर निदाएपछि महिलाहरु आफ्नो पुरुष पार्टनरमा कतै कुनै रोग लागेको छ कि भन्ने आशंका गर्ने गरेको पनि पाइन्छ। एक अनुसन्धानवाट त्यसरी निदाउने बानीवाट डराउन आवश्यक नपर्ने पुष्टि भएको छ।

Sex-after-sleep

संवन्ध पश्चात पुरुषहरु निदाउनुको पछाडि उनीहरुमा आक्सीटोसीन नामक हरमोन्सको मात्रामा बृद्धि हुने गर्छ। त्यसको अलावा पुरुषमा पाइने रासायनिकतामा परिवर्तन हुने गर्छ। यसलेगर्दा उनीहरु संवन्धको लगतै निदाउने गर्छन्। अर्कोतर्फ यौन संवन्धमा ५ किलोमिटर दगुरे बराबरको कसरत पनि हुनेभएकोले थकानले आरामको खोजी गर्ने भएकोले मज्जाले निदाउने गर्छन्।

साथै कुनै तनाववाट मुक्त बनाउने कार्य यौन संवन्धले गर्ने गर्छ। तनाववाट मुक्त भएपछि आराम मिल्ने गर्छ। अनि निन्द्रा लाग्ने गर्छन्। यो प्रकृया पुरुषमा मात्र नभइकन महिलामा पनि लागू हुने गरेको पाइएको छ। त्यसैले संवन्ध पश्चातको निन्द्रालाई नराम्रो भन्न नमिल्ने विज्ञहरुको भनाई रहेको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १६ गते आइतवार ।