काठमाडौं। यौनमा हस्तमैथुन स्वभाविक प्रक्रिया हो। बढ्दो उमेरावस्थासँगैं हस्तमैथुन यौन सन्तुष्टिका लागि एक सामान्य प्रक्रिया हो। नेपाली सामाजिक दृष्ट्रिकोण अलिक साँघुरो भएको हुँदा यसका बारेमा कसैंले पनि खुलेर बोल्न चाहादैनन । पछिल्ला दिनहरुमा यौंन सन्तुष्टिका लागि मानिसहरुले साथि खोज्नु भन्दा हस्तमैंथुन वा सेक्स टोयको प्रयोग गरेर यौन आनन्द लिने गरेका छन।

यो विधि आफैंमा सरल र सहज हुने पनि विश्वास रहँदैं आएको छ। पुरुषले मात्रै हैन महिलाले पनि हस्तमैथुन गरेर यौन सन्तुष्टि लिन्छन् । आफ्ना संवेदनशील अंग चलाएर, मालिस गरेर तथा आफूलाई मनपर्ने यौन जोडीको कल्पनामा डुबेर पनि हस्तमैथुन गर्न सकिन्छ । यो महिला–पुरुष दुवैमा लागु हुन्छ। यौन क्रीडा गर्दा महिलाको योनिबाट रसादी निस्किन्छ । हस्तमैथुन गरेर महिलाले रसादी निकालेर पनि यौन आनन्द लिन सक्छन् । पुरुषको वीर्य स्खलन हुन्छ । हरेक कुराहरुलाई तपाईले आवश्यक्ता भन्दा धेरैं गर्नुभयो भने फाइदा मात्रैं हुँदैंन, यसको तपाईको बाँकी जीवनमा ठूलो असर हुने धेरै संभावना हुन्छ।

यौन उत्तेजनालाई नियन्त्रण गर्नको लागि हस्तमैंथुन वा अन्य कुनैं तरिका अपनाउनु आफैंमा गलत्त होईन । यदि कुनैंपनि व्यक्तिको मनमा यौंन एक सपना बनेर रहन्छ त्यो व्यक्तिले जस्तोसुकैं कदम पनि चाल्न पछि नपर्ने मानसिक रोग विशेषज्ञहरुको दाबी रहेको छ । एक अध्यनले यो पनि देखाएको छ कि बलात्कार जस्ता यौंन हिंसा सम्बन्धी अपराध कम गर्नको लागि कुनैं पनि मानिसलाई यौंनका बारेमा राम्रोसँग जानकारी हुनुपर्दछ ।

व्यक्तिअनुसार यौन क्रीडाको स्वभाव फरकफरक हुन्छ । तसर्थ कतिपयले हस्तमैथुनलाई प्रश्रय दिन्छन् । कसैले यौन एवं यौन क्रीडालाई प्रश्रय दिन्छन् । हस्तमैथुन यौन सन्तुष्टि लिने अप्राकृतिक उपाय हो भने यौन र यौन क्रीडा प्राकृतिक हो । हरेक क्रियाकलापको फाइदा र बेफाइदा हुन्छन्। हस्तमैथुन क्रियाकलापको फाइदाको रुपमा एकल यौन सन्तुष्टि मात्र हुन्छ। यसको लतमा लागेपछि सहगामीसँग यौन संवन्ध राख्ने रुचिमा निक्कै कमी आउने गर्दछ। यसको बेफाइदा, आफ्नो यौन जोडीमा असन्तुष्टि पैदा हुन्छ।

हस्तमैथुनको अभ्यास गर्ने पुरुषमा शिघ्र स्खलनको समस्या हुन्छ । पुरुषमा हुने शीघ्र स्खलनका कारण यौन जोडीबीच यौन सन्तुष्टि हुँदैन । बढी हस्तमैथुन गर्दा यौन अंगमा संक्रमण हुने, शीघ्र पतन हुने समस्या हुन्छ। हात तथा यौनाङ्गमा भएका फोहोरका कारणले महिला तथा पुरुषमा यौनाङ्गको संक्रमण हुने जोखिम हुन्छ । हस्तमैथुनका कारणले भिरिङ्गी, एड्स र सिफिलिसजस्ता यौन रोगको जोखिम हुन्छ । यौनाङ्गमा घाउ खटिरा लगायतको जोखिम हुन्छ ।

हस्तमैथुनलई नै यौन क्रीडाको रुपमा व्यवहार गर्दा यौन जोडीहरुमा शंकाको भावना उत्पन्न हुन्छ । निरन्तर हस्तमैथुन गर्नाले यौन क्रीडामा हुने असक्षमताले गर्दा यौन जोडीबीच सम्बन्धविच्छेद हुने सम्भावना हुन्छ । महिलामा पनि नियमित हस्तमैथुन गर्दा यौन क्षमतामा कमी आउँछ । तसर्थ कुनै पनि व्यक्ति तथा यौन जोडीले हस्तमैथुनलाई यौन क्रीडाको वैकल्पिक उपायको रुपमा लिनु हुँदैन । सकभर हस्तमैथुनलाई निरुत्साहित गर्दा राम्रो । यौन जीवनमा समेत असर गर्ने भएकाले नियमित र लामो समय हस्तमैथुन गर्नु हुँदैन ।

दैनिक हस्तमैथुन गर्नाले पुरुषको शुक्रकीट वयस्क हुन पाउँदैन । र वयस्क नभएको शुक्रकीटले यौन जोडीबीच यौन सम्पर्क हुँदा डिम्बसँग निषेचित हुन सक्दैन । तसर्थ पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचित हुन नसकी बाँझोपनको सम्भावनासमेत हुन्छ तर महिलामा भने यो अवस्था लागू हुँदैन । महिलाले गर्ने हस्तमैथुनले बाँझोपनको समस्या निम्त्याउँदैन । हस्तमैथुन गरेर मानसिक रुपमा बिना सहपाठी पनि एकल वा यौन जोडीबीच आनन्द लिन सकिन्छ ।
( नामी साप्ताहिकवाट साभार । )
प्रकाशन मिति–२०७६ साल बैशाख ११ गते बुधवार ।