–निशान बुढाथोकी
काठमाडौं। रक्षा बुढाथोकी रंगीन दुनियाँको नौलो नाम हो । तर, रक्षाको बुलन्द अभिनयले नयाँ कलाकार भनेर पत्याउन नै कठिन हुने गर्दछ। मायाबी अभिनयकी जादूमय कला वोकेकी रक्षाको इच्छा सानैदेखि फिल्मलाइनमा आउनु नै हो।

सानोमा हिरोइन वनेको सपना देख्ने रक्षा फिल्ममा हिरोइन बन्ने मौका अझैपनि नमिलेपनि म्युजिक भिडियोमा भने चमत्कारिक अभिनय गरेर हिरोइन बनिसकेकी छन्। रक्षा अभिनित तीनवटा म्युजिक भिडियो रिलिज पनि भैसकेको छ।

ती भिडियो हेर्नेहरुले रक्षाको अभिनयलाई वाहवाही भन्ने गरेका छन्। रक्षा अभिनित पछिल्लो भिडियो आकाशको जुून हो। त्यो जून रक्षा नै बनेकी छन्। राजाराम बुढाथोकीको प्रोडक्सनमा रहेको उक्त गीतको भिडियो दशैको पहिलो दिन घटस्थापनामा भएको छ। राम्रो प्रतिक्रिया पाएको यो गीतले रक्षाको चर्चा झनै बढाएको छ ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असोज २३ गते शनिवार ।