काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा थप कीर्तिमान कायम गरेका छन्। विहीवार सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा आयोजित विशेष रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ७१ औं पटक रक्तदान गरेर थप नयाँ कीर्तिमान कायम गरेका हुन।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका रेकर्डेट रक्तदाता कर्माचार्यले समाजको सुर्खेत उद्योग बाणिज्य संघव्दारा आयोजित विशेष रक्तदान कार्यक्रममा १ सय ७१ औ गौरबमय रक्तदान गरेर काठमाडौं फर्कन पाउंदाको बेग्लै गौरबता महशुश भएको पनि रेकर्डेट रक्तदाता कर्माचार्यले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।

सोही दिन नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखा गठनार्थ आयोजित भेलाले कर्णाली प्रदेशवाट सर्वाधिक रक्तदान गर्ने रक्तदाता प्रवाशकुमार शाक्य अध्यक्ष,समाजको उपाध्यक्षमा अशोक कुमार सिंह,सचिवमा खगेन पुरी,कोषाध्यक्षमा धर्मराज आचार्य सदस्यहरूमा क्रमशः पुनम विसी,सागर लम्साल,कुमार थापा,भोजप्रसाद आचार्य,सुरेश आचार्य,अनिल ढकाल, सञ्जयनाथ योगी,कृति गुभाजु शाक्य र चन्द्रा रेग्मी रहेको जिल्ला समिति चयन गरिएको छ।

त्यस्तै, सल्लाहकारमा सुदर्शन श्रेष्ठ,लक्ष्मण कँडेल र सुशिलराज शर्मा मनोनयन गरिएको पनि सुर्खेत शाखाले जनाएको छ। सुर्खेतको बीरेन्द्र नगर नगरपालिकाका मेयर मोहनमाया ढकालको प्रमुख आतिथ्यता रहेको विशेष रक्तदान रेकर्डेट रक्तदाता कर्माचार्यलाई सम्मान पनि गरिएको थियो। विशेष रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्य सहित ९१ जनाले रक्तदान गरेका थिए।
प्रकाशन मिति–२०७९ साल साउन १३ गते शुक्रवार ।