काठमाडौं। कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकतालाई महशुश गरेर विशेष आकस्मिक रक्तदान गर्ने र गराउने कार्यक्रम भैरहेको छ। यसलाई अझ जागरुक बन्न र बनाउनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको आव्हानमा स्वयंसेवी रक्तदाताहरु संगठित हुने क्रम जारी रहेको छ।

यसक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजको काठमाडौं महानगरपालिका वडा नंबर १९ समिति गठन भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १९ स्थित इन्द्रसभामार्ग स्थित इनाय टोलको इन्द्रविनायक क्लबमा आयोजित कार्यक्रममा विनोद खड्गीको अध्यक्षतामा १९ नंबर वडा समिति गठन भएको हो।

इन्द्रविनायक क्लबका अध्यक्ष समेत रहेका खड्गीको नेतृत्वमा गठन भएको १९ नंबर वडा समितिमा उपाध्यक्ष रिकेस शाही,सचिव जेन शाही, कोषाध्यक्ष बालकृष्ण महर्जन र सदस्यहरुमा क्रमशः अजय शाही,सुरज मालाकार,कमला शाही,किरण शाही,प्रतिक खड्गी,बिनिता रञ्जित,बिनु मधिकर्मी र रबिन्द्र खड्गी रहेका छन्।

नवगठित समितिलाई केन्द्रिय अध्यक्ष कर्माचार्यले कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकतालाई मध्यनजर गरेर अगाडि बढ्न प्रेरित गरेका थिए।
प्रकाशन मिति–२०७७ साल कात्तिक ७ गते शुक्रवार ।