काठमाडौं। रगत र रगतबाट तयार परिएका रक्ततत्वहरूको अभावमा कोही– कसैले मृत्युवरण गर्न नपरोस् भनि देशैभर स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माण गर्ने कार्य भएको छ। स्वयंसेवी रक्तदाताहरूलाई संगठित पार्दै रक्तदान कार्यमा उत्प्रेरणा जगाउँदै पछिल्लो समयमा गोरखा जिल्लालाई समेत्दै २८ औं जिल्ला शाखा गठन गरिएको छ।

त्यसैगरेर, पीडित पक्षलाई सेवा प्रदान गर्न सफल नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रलाई मंगलवार आफ्नो सेवाको १० बर्ष पार गर्दै ११औं वार्षिकोत्सबको अवसरमा रिलायन्स फाइनान्स लिमिटेडले सहयोग हस्तान्तरण गरेको छ।

आफ्नो कार्य सम्पादनमा केही हदसम्म टेवा पुगोस् भन्ने हेतुले अत्याधुनिक एक कम्पयूटर सहित नगद ५० रुपैया नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई एक समारोह बिच हस्तान्तरण गरिएको हो। रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठद्वारा हस्तान्तरण गरिएको छ।
प्रकाशन मिति–२०७६ साल मंसिर २४ गते मंगलवार ।