काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको वर्तमान संक्रमणको अवस्थामा रक्त व्यवस्थापनलाई नकारात्मक प्रभाव पारेको छ। नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने कार्य नेपाल स्वयंसेवी रक्तदाता समाजव्दारा हुंदैआएको समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले वताउंदै आएको हो।

रेकर्डेट रक्तदाता समेत रहेका अध्यक्ष कर्माचार्यले भनेजस्तै कोरोनाको महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न बुधबार फुड बैंक काठमाडौंद्वारा रक्तदान कार्यक्रम गरेको छ। ४१ औं सामाजिक सेवा दिवसको अवसरमा फुड बैंक काठमाडौंले प्रदर्शनी मार्ग स्थित भृकुटी मण्डप विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक प्रमुख कार्यकारी निर्देशक सुदर्शन अधिकारी र केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारको बिशेष उपस्थितिमा सम्पन्न विशेष रक्तदान कार्यक्रमको संयोजन दीपा जैशीले गरेकी थिइन। दिनभरिको बर्षातका बाबजुद पनि उत्साहपूर्वक महिला पुरूषहरूले सहभागीता जनाइ स्वयंसेवी तवरले २५ जनाले रक्तदान गरेको आयोजक वताएको छ।

प्रकाशन मिति–२०७७ साल असोज ७ गते बुधवार ।