काठमाडौ। यतिखेर नेपालमा रगतको हाहाकार जस्तो भैरहेको छ। रगतको अभावको कारण अकालमा विरामीको मृत्यु हुनेजस्ता डरलाग्दो परिस्थितिमा रगतको अभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता सामजद्वारा विभिन्न संघ–संस्थालाई रक्तदान कार्यक्रम गर्न गरिदैआएको आव्हान अनुरुप शनिवार काठमाडौको चाबहिल स्थित चन्द्र विनायक गणेश मन्दिर परिसरमा रक्तदान कार्यक्रम संंपन्न भयो।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा स्थानिय सहयोगी महिला जागरण मञ्च र नेपाल स्वयंसेवी रक्दाता समाज ३० वडा नगर समितिद्वारा संयुक्त तत्वावधानमा त्यहाँ आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

त्यस रक्तदान कार्यक्रममा ३६ जना स्वयंसेवी रक्तदातहरूले रक्तदान गरेका थिए। सो कार्यक्रममा काठमाडौ महानगर पालिका वडा नंबर ७ का अध्यक्ष शुध्द कुमार डंगोल र वडा सदस्य कृष्णमणि भट्टराई र स्थानिय समाजसेवी नरेन्द्र श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो। कार्यक्रमको सभापतित्व सहयोगी महिला जारगण मञ्चका अध्यक्ष राधाकुमारी श्रेष्ठले गरेकी थिइन्।

प्रकाशन मिति–२०७४ साल पुष ८ गते शनिवार ।