काठमाडौं। नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशवावु श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन्।

५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्न सफल रजनी श्रेष्ठलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा राजेशवावुले गरेका हुन् ।

इन्डोनेसियाको बताममा भएको प्रतियोगितामा सोमबार रजनीले शारीरिक सुगठनको महिला ५५ केजीमा रजत र ३० वर्षमाथि उमेर समूहमा कांस्य जितेकी थिइन् ।

रजनीलाई अध्यक्ष राजावावुले व्यक्तिगत रूपमा १ लाख ५० हजार रुपैयाँ अर्थात डेढ लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।
प्रकाशन मिति–२०७६ साल असोज १५ गते बुधवार।