रञ्जु दर्शना र किशोर थापाहरु चर्चामा छन अहिले ? काठमाडौं महानगरपालिकाको मेयर पदका प्रत्याशी यी दुई व्यक्ति न काँग्रेस , न एमाले , नत माओवादी केन्द्रका नै हुन् । तर यिनीहरुले बटुलेको चर्चा प्रमुख दलका उम्मेद्वारहरुको भन्दा कुनै पनि हालतमा कम छैन् । के काठमाडौंका मतदाताहरुले यसपटक स्वाद फेर्ने मनसाय देखाएका हुन या यो सामाजिक सञ्जालको प्रयोगको हौवा मात्र हो । हुनत नानीमैया दाहालदेखि गोच्छे सार्कीसम्म रोजेको काठमाडौंवासीको मनस्थिति जहिलेपनि सत्ता र शक्तिको विरोधीकोरुपमा चित्रित हुँदै आएको छ । त्यही अवस्था दोहोरिन लागेको हो त काठमार्डौंमा ?

WEBSITE :WWW.NEWS24NEPAL.TV