–निशान बुढाथोकी
काठमाडौं। यो तस्विर हेर्दा तपाई कतै झुक्किनु त भएन ? ओहो कुन चलचित्रको नायक हुन् भनेर । नझुक्किनुहोस् उनी भगवान पशुपतिनाथको साक्षात कृपा पाएका हजारौ मानिसहरुको उद्धार गर्ने गुरु रमेश बुढाथोकी हुन् ।

शान्त स्वभाव, हँसिलो मुहार, शालिन व्यक्तित्व रमेश बुढाथोकीलाई देख्ने र भेट्ने बित्तिकै आफ्नो आधा रोग निको भएको बताउनेहरुको पनि कमी छैन्। धेरै फिल्मकर्मीहरु रमेश बाबाको काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर महादेवस्थान आश्रममा भूत, भविष्य हेर्ने र वर्तमानको उपचार गराउन जानेहरुको लर्को धेरै फिल्मीकर्मीहरु भएको कारण कतिपयले उनलाई फिल्मी बाबा पनि भन्ने गरिएको छ।

उनकोमा सेवा लिन आउनेहरु के बालक, के वृद्ध, के वयस्क, स्वदेश होस् या विदेश जुन सुकै ठाउँबाट मानिसहरु पुग्ने गरेका छन्। सर्वसाधारण मात्र नभएर चलचित्र क्षेत्रका नायक नायिका देखि विभिन्न क्षेत्रमा कार्यरत मानिसहरु पुग्ने गर्दछन्।
हुन त आजको समयमा यस्तो ज्योतिषी वा जान्नीको विश्वास त गर्नु हुन्न भन्ने संस्कार छ। तर, मानिसहरु आफूलाई समस्या परिसकेपछि समस्याको समाधान खोज्दै हिड्नु स्वभाविक नै हो।

विगत २५ वर्ष देखि चिना–टिपन देखि ज्योतिष सम्बन्धि सम्पूर्ण कामहरु गर्दै आएका उनले स्वास्थ्य सम्बन्धि विभिन्न सुझावहरु पनि दिएर धेरैको उद्धार गर्ने कार्य गर्दैआएका छन्। यस पेशालाई व्यापारिक रुपमा भन्दा समाज सेवाको रुपमा अपनाउदैआएको खुलासा पनि उनले गरेका छन्।

(नामी साप्ताहिकवाट साभार )

प्रकाशन मिति–२०७८ साल भाद्र २७ गते आइतवार ।