काठमाडौं। गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरको सुमधुर गायन रहेको गीतको भिडियो छायाँकन संपन्न भएको छ। काठमाडौं उपत्यकाका रमणिय स्थलहरुमा उक्त नेपालभाषा गीतको भिडियो छायाँकन भएको हो।

ज़माना मभिं स्व बोलको उक्त गीतमा मल्टीट्यालेन्टेट सञ्चारकर्मी सुरजबीर बज्राचार्यको शव्द तथा संगीतकार जुगल डंगोलको कम्पोज र एरेञ्ज रहेको गीतको भिडियोमा नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी तथा सुपरस्टार रुपेन्द्र श्रेष्ठको रौनकपूर्ण विशेष अभिनय रहेको छ। साथमा चिरीबाबु महर्जन, रमेश पौडेल, राजकुमारी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

पूजा शाही तथा निरु महर्जनको श्रृंगार, राजेश मानन्धरको फोटोग्राफी तथा ड्रोन शनि शाक्यले चलाएका छन्। छायाँकन, सम्पादन सोहन मानन्धरले गरेका हुन्। कन्सेप्ट, कोरियोग्राफी, निर्देशन भने नायिका आराध्यलक्ष्मी खड्गीकै रहेको छ।


प्रकाशन मिति–२०७७ साल कात्तिक ४ गते मंगलवार ।