काठमाडौं।  न्यूज २४ टेलिभिजनका बहुचर्चित संचारकर्मी रवि लामिछाने र चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल वीच काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह अर्थात कोर्ट म्यारिज भएको छ। लामो समयदेखि दुवैवीच रहेको प्रेमलाई दुवैले कोर्ट म्यारिज गरेर साकार गरेको हो। विवाहको खुलासा रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत नै खुलासा गरेका हुन्।

न्यूज २४ टेलिभिजनको कार्यक्रम मार्फत रातारात चमत्कारिक कार्य गरेर व्यापक चर्चामा आएकी रवि लामिछानेको जेठी पत्नी इशासंग केही दिनअघि मात्रको डिभोर्सको चर्चा नसेलाउंदै रवि आफैले चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलसंग विवाह गरेको खुलासा गरेर थप चर्चामा आएका छन्।

काठमाडौं जिल्ला अदालतमा निकिता पौडेलसंग कोर्ट म्यारिज गरेपछि खुलासा गरेको फेसबुक स्टाट्समा रविले व्यक्तिगत जीवनले नयाँ मोड पाएको उल्लेख गरेका छन्।

एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा निकिता पौडेलसंग कानूनी रुपमा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेको भनेका छन्। यो निर्णयवाट दुवैजना एकदमै खुशी भएको पनि उल्लेख गर्दै दाम्पत्य जीवनका लागि शुभकामनाको मात्र अपेक्षा गरेको भनेका छन्।
उनीहरु आगामी वैशाखमा बिहे गर्ने तयारीमा छन्।

पछिल्लो समय उनी दुई लिभिङ टुगेदरमा रहेको चर्चा थियो। अहिले उनीहरुलाई बधाई दिनेको ओइरो छ। निकिता पनि डिभोर्सी हुन्। निकिताको एक छोरी छ भने रवि दुई छोरी तथा एक छोराका बावु हुन्। प्रकाशन मिति–२०७५ साल माघ ७ गते सोमवार ।