काठमाडौं। चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालसले फेरि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका तीनैजनालाई १० दिन थुनामा राख्न प्रहरीले माग गरेको थियो। जिल्ला अदालतमा मंगलबार भएको बहसपछि अदालतले पाँच दिनको म्याद दिएको हो।

सरकारका तर्फबाट येदुनाथ शर्माले बहस गरेका थिए भने रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीका पक्षमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, सुनीलकुमार पोखरेल, चुडामणि सापकोटा र नारायण गिरीले बहस गरेका थिए।


प्रकाशन मिति–२०७६ साल भदौं ३ गते मंगलवार ।