काठमाडौं। नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ३ को वडा सभापति पदका उम्मेदवार राकेश महर्जन । विगत तीन दशकदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर निष्ठाको राजनीति गर्दैआएका स्वच्छ छवि भएका ।

राजनीतिलाई केवल जनसेवाको लागि हो भन्ने राकेश महर्जनले जनसेवाका लागि नै नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ३ को वडा सभापतिमा उम्मेदवारी दिएको खुलासा गरेका छन्।

यसअघि, नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ३ को सचिव भएर निष्ठाको कार्य गरेर सवैको प्रिय बनेका राकेश महर्जन पार्टीकै साथीभाइकै हौसला र उत्प्रेरणाले नै वडा सभापतिमा उम्मेदवारी घोषणा गरेको वताएका छन्।

भगवान बुद्धको आदर्शवाट अत्यन्त प्रभावित राकेश महर्जन पञ्चशीलको सिद्धान्तवाटै अगाडि बढ्ने प्रेरणा मिलेको वताउंदै राजनीतिलाई माध्यम वनाएर निष्ठाको जनसेवा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्छन्।

प्रकाशन मिति–२०७८ साल भाद्र २२ गते मंगलवार ।