लण्डन। बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिकरुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमा बेलायतको राजपरिवारमा सामूहिक छलफल भएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था एएफपीका अनुसार, महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारीसमेतका बीचमा छलफल भएको हो। बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए।

ह्यारीका पिता तथा युवराज चाल्स र उनका दाइ विलियमलगायतले पनि ह्यारी दम्पतीलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेका छन्।
प्रकाशन मिति–२०७६ साल पुस २८ गते सोमवार ।