काठमाडौ। श्रीपेच नेपाली राजाको पहिचान र शान हो। अझ यो श्रीपेच राजतन्त्रको निशानी पनि हो। नेपालमा राजतन्त्रको अन्त भएपछि राजतन्त्रको शान र पहिचान अनि निशानरुपी श्रीपेच केवल नारायणहिटी राजदरवार संग्रहालयमा सिमित भएतापनि यसको सार्वजनिक गरिएको थिएन।

आज सोमवारवाट नारायणहिटी राजदरवार संग्रहालयमा राजतन्त्रको निशानी श्रीपेचको सार्वजनिक गर्ने कार्य भएको छ। अव श्रीपेचलाई नारायणहिटी राजदरवार संग्रहालयमा सर्वसाधारण सवैले हेर्न पाउने भएको छ।

जसको आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन्। श्रीपेचलाई बुलेट प्रुफ सिसामा रानीको मुकुट, राजदण्ड सहित राखिएको छ।
प्रकाशन मिति–२०७५ साल असोज २९ गते सोमवार ।