Nisha Adhikari Hot Redकाठमाडौ। विश्वको अग्लो शिखर सगरमाथा चढेर किर्तीमान राखेकी नायिका निशा अधिकारीले अर्को किर्तीमान बनाएकी छन्।

निशाले राजनितिशास्त्रमा स्नातकोत्तर गरेर अध्ययनमा पनि नयाँ किर्तीमान बनाएकी हुन्।

सम्भवतः उनी राजनितिशास्त्रमा स्नातकोत्तर गर्ने नेपालकी पहिलो नायिका बनेकी छन्। निशा यतिखेर डिग्री होल्डर गर्ने कलाकारको सूचीमा परेकी छन्।

घुमघाम गर्न अत्यन्त रुचाउने निशाले केही वर्ष पहिले सगरमाथाको सफल आरोहण गर्दै सगरमाथा चढ्ने पहिलो नायिका बनेकी थिईन्। सगरमाथा आरोहणबाट निकै चर्चा कमाएकी निशा साहसी नायिकाको पंक्तिमा पर्छिन्।

चलचित्रमा पनि अग्रपंक्तिमै रहेकी निशाले राजनितिशास्त्रको थेसीस लेख्न भने बाँकी नै छ। उनले पद्मकन्या क्याम्पस डिल्लीबजार काठमाडौँबाट राजनितिशास्त्रमा डिग्री गरेकी हुन्। स्नातक तह निशाले पोलिटिकल साइन्स र सोसोलोजी लिएर पास गरेकी हुन्।

राजनीतिशास्त्र लिएर डिग्री गरेतापनि नेपालमा राजनीति गर्ने हाललाई निशाको सोच छैन्।

चलचित्रमा नै व्यस्त हुने र चलचित्र निर्माता तथा निर्देशक हुने होडमा उनी होम्मिएकी छन्। उनले हालै झ्यानाकुंटी नामक चलचित्र निर्माण गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २२ गते सोमवार ।