नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन दुर्घटनामा परेर घाइते बनेकी छन्। दुर्घटनामा एकजनाको मृत्यु भएको बताइएको छ।

भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदाबेद भने सामान्य घाइते भएकी छन्। उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। राजस्थानको चित्तौडगढमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार मोटर दुर्घटना भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीसंग जसोदाबेन छुट्टै बस्दै आएकी थिइन् । उनी माइतीको संरक्षणमा बस्दै आएकी हुन् । विवाहलगत्तै मोदी घरबार त्यागेर हिँडेपछि जसोदाबेन एकल महिलाका रुपमा बस्दै आएकी छन् ।

प्रकाशन मिति–२०७४ साल माघ २४ गते बुधवार ।