gyanendra-in-pachali-1काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार काठमाडौको मरुगणेश, भीमसेनस्थान र पचली भैरबको दर्शन गरेका छन्। दर्शैको अवसरमा ती मन्दिरको दर्शन गरिएको भनेर भनिएतापनि राजाको हैसियतले नै पचली भैरबको खड्ग चढाएका छन्।

gyanendra-in-pachali-2

विगत १५ बर्षदेखि पचली भैरबमा राजाले खड्ग नचढाएकोले राजाकै हैसियतले आयोजक समितिवाट खड्ग चलाउन अनुरोध भएपछि खड्ग चढाएको बुझिएको छ। ज्ञानेन्द्रले पचली भैरबको दर्शन तथा पूजाआजा गरेपछि पचली भैरबका पूजारी देव ब्राम्हण तथा तान्त्रिक गुरु विष्णुचन्द्र आचार्य राजोपाध्यायको हातवाट टीका तथा प्रसाद ग्रहण गरेका थिए।

gyanendra-in-bhimsensthan

ज्ञानेन्द्रले संक्षिप्त कुराकानी गर्दै नेपाल र नेपालीको सुख, शान्तिको कामना गरेको बताए। मन्दिर परिसरमा पूर्व राजालाई स्वागत गर्न स्थानीय बासिन्दा, समर्थक र शुभेच्छुकहरुको भीड लागेको थियो । त्यसक्रममा सहभागीहरुले पूर्व राजाको जयजयकार गरेका थिए।
तस्वीर–ओमधर राजोपाध्याय शर्मा
प्रकाशन मिति–२०७३ साल असोज १६ गते आइतवार ।