–सनत कुमार थापा


स्वर्गीय राजा वीरेन्द्रको जन्मदिन गरिरहेका छौ सम्झना ।
प्यारो राजा रहनु भएको छ हामी सबै नेपालीको हृदयमा ।।

जनता सामु तिम्रा मुहारमा देखिन्थ्यो सधै मिठो मुस्कान।
स्वर्ग बाट पनि गर है सधै हामी सबै को रक्षा र कल्याण ।।

जनप्रिय राजा वीरेन्द्र संग मेरो भेट भएको अबिस्मरणीय क्षण।
देसमा गणतन्त्र स्थापना पछि म र राजदरवारको यो प्राङ्गण ।।

विभिन्न हिमशिखरको स्वदेस एवं विदेसका यी सफल पर्वतारोही ।
अविस्मरणीय क्षणको रुपमा सधै संझना मेरो मानस पटलमा रहि ।।

अबसर यो हिरक जयन्ती कन्चनजंघा र मकालुको सफल आरोह ।
लेखियको रहेछ भाग्यमा मेरो प्रमुख अतिथि हुने यो भब्य समारोह ।।

बसि रहेछु घाममा बिताइएका क्षण अनि गरेका कामको सम्झना ।
वालपन देखि अहिले सम्म बिताएको त्यो सुन्दर क्षणको सम्झना ।।

प्रकाशन मिति–२०७६ साल पुस १४ गते सोमवार ।