काठमाडौ। विहीवार प्रधानमन्त्री पदवाट राजिनामा दिएका शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट बुढानिलकण्ठको आफ्नै घर फर्किएका छन्।

प्रधानमन्त्री पदबाट राजीनामा बुझाएको २४ घण्टापछि बालुवाटारको सरकारी निवास नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मा लगाएर आफ्नै घर फर्केका हुन्।

देउवाका धेरैजसो सामान भने विहीवारै बालुवाटारबाट बुढानिलकण्ठ लगिए पनि देउवा ज्योतिषको सल्लाह अनुसार फागुन ४ गते शुक्रबार दिउँसो एक बजेपछि बालुवाटारबाट निस्किएका हुन्।

ज्योतिषले देउवालाई यही फागुन ५ भित्र बालुवाटार छाड्न सल्लाह दिएका थिए।

प्रकाशन मिति–२०७४ साल फागुन ४ गते शुक्रबार ।