काठमाडौं। गीतकार राजुबाबु श्रेष्ठको गीतमा गायिका जुनु गौतमको गायनमा नयाँ गीतको भिडियो रिलिज भएको छ। जुन गीतको बोल नै बिहानी रहेको छ।

अजम्बरी एल्बममा संग्रहित रहेको यस गीतमा संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन्। त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीका सफल कोरियोग्राफर तथा नृत्य निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका छन ।

करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलामी र मनिता खुलाललाई फिचर्ड गरिएको यस गीतलाई फरक तरिकाले निर्देशक श्रेष्ठले निर्देशन गरेर भिडियो तयार पारेको बताएका छन्।

प्रकाशन मिति–२०७६ साल माघ २३ गते विहीवार ।