काठमाडौं। राजु भट्ट सम्पादक तथा प्रकाशक रहेको न्यूजलाइन्स नेपाल डटकमको प्रकाशन संस्था न्यूजलाइन्स मिडियाले आफ्नो दोश्रो वार्षिकोत्सव भव्य रुपले मनाएको छ। आइतवार काठमाडौंको भृकुटीमण्डप स्थित पर्यटन वोर्डको सभाभवनमा मनाएको हो।

त्यस उत्सवमा न्यूजलाइन्स मिडियाले समाजमा अतुलनीय भूमिका निभाउने १३ जनालाई विशेष सम्मान गरेको छ। सम्मानित हुनेमा शिव अधिकारी(अविरल), माधव प्रकाश सुवेदी, कुमार चालिसे, शिवहरि खनाल, राजेन्द्र मर्हजन, विकास थपलीया, महेन्द्र अधिकारी, विष्णुमाया पौडेल, अबिनाश प्रसाईं, रामबहादुर थापा, मनिषा श्रेष्ठ, मनोजकुमार श्रेष्ठ(भरेल र नारायण रेग्मी रहेका छन्।

न्यूजलाइन्स् मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्व, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवम् पूर्वप्रधानन्यायाधी खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथिमा पूर्व मन्त्री एवम् ३ नंबर प्रदेशका सांसद राजेन्द्र प्रसाद पाण्डे, पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महत, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी थिए।

त्यसैगरी अतिथिमा राजपा बरिस्ठ उपाध्यक्ष राजकुमार थापा, लोककृष्ण भट्टराई, रामप्रसाद न्यौपाने, भरत कुमार गौतम रहेका थिए । कार्यक्रममा न्यूजलाइन्स मिडियाको दोश्रो वाषिकोत्सव लेखिएको केक काटिएको थियो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले अनलाइन मिडियाले अरुको चोर्न प्रवृति छाडेर आफ्नो मौलिक समाचार प्रकाशन गर्नुपर्ने बताउँदै भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै मिडिया, सर्वसाधारण सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए।

विशिष्ठ अतिथि राजेन्द्र पाण्डेले २०४६ सालको आन्दोलनलाई सम्झँदै समाज परिवर्तनमा मिडियाको उल्लेखनीय भूमिका हुने बताए। उनले भ्रमण वर्ष २०२० मा पनि मिडियाले पहिलाको जस्तै भूमिका निर्वाह गर्नुपर्ने जनाए।

न्यूजलाइन्स मिडियाको स्मारिका विमोचन गरिएको उक्त कार्यक्रममा समाचार सम्प्रेषणमा सहयोगी पत्रकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल बैशाख ३० गते सोमवार ।